align=center>
_____________________________________________________ |
कर्मचारी प्रशासनद्वारा मिति २०६२/११/२८ मा जारी परिपत्र विषयः कम खपत हुने चिमहरु तथा अन्य Efficient विद्युतीय सामानहरु फेर्ने सम्बन्धमा । विद्यमान विद्युतको माग र खपतको असन्तुलनलाई मध्यनजर राखी प्राधिकरणको माग व्यवस्थापनलाई कार्यान्वयन गर्ने गराउने शिलशिलामा प्राधिकरणको सम्पूर्ण कार्यालय एवं आवास क्षेत्रमा Efficient विद्युतीय सामानहरुको प्रयोग गर्ने सम्बन्धमा अबिलम्ब निम्नानुसारको व्यवस्था गर्नु गराउनु हुनेछ । १. सम्पूर्ण Incandescent Bulb लाई ग्यारेण्टी भएको Compact Florescent Lamp (CFL) फेर्ने व्यवस्था गर्ने । २. Magnetic Ballast चोकको सट्टामा Electronic Choke फेर्ने व्यवस्था गर्ने। ३. पानी तताउने कार्यको लागि माटोको हिटर प्रयोग नगरी Efficient Electric Kettle प्रयोग गराउने । ४. अब आइन्दा Florescent Tube आवश्यक भएको स्थानमा Thin Tube हरु प्रयोग गर्ने । ५. अनावश्यक बत्तीको प्रयोग नगर्ने नगराउने र प्रयोगमा नआएको समयमा कोठामा बत्तीको प्रयोग नगर्ने । ६. Bulb र Tube हरु नियमित रुपमा सफा गराउने । _____________________________________________________ |
|